पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कार्यदलको बैठकमा एकता र राष्ट्रिय सभा निर्वाचनबारे छलफल

काठमाडौं । राष्ट्रियसभा र प्रदेश सरकार गठनका लागि गृह कार्य गर्न गठित नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठकमा पार्टी एकता र राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल भएको छ ।

सिंहदरबारमा आज बसेको कार्यदलको पहिलो बैठकमा पार्टी एकता र राष्ट्रिससभा निर्वाचन र प्रदेश सरकार गठनका विषयमा सामान्य छलफल भएको र अर्को बैठकमा विस्तृत रुपमा छलफल गरिने कार्यदलका सदस्य सुवास नेम्बाङ्गले जानकारी दिनुभयो ।

संयुक्त कार्यदलमा एमालेबाट सुवास नेम्बाङ्ग, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र माओवादीबाट रामबहादुर थापा, वर्षमान पुन र मात्रिका यादव सदस्य रहनु भएको छ ।