पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चिसोबाट थप दुईको मृत्यु

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवामा अत्यधिक चिसोबाट आज थप एक महिलाको मृत्यु भएको छ । 

स्थानीयवासी ६५ वर्षीया शान्तिदेवी यादवको अत्यधिक चिसाको कारण घरमै सुतेको अवस्थामा कठ्यांग्रिएर मृत्यु भएको इलाका प्रहरीका कार्यालय भारदहले जनाएको छ । 

आजै दाङमा पनि जाडोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं १ बडराकमका ७१ वर्षीय जोखु चौधरी रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।