पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

योग्यताबारे संसदीय समितिमा जवाफ दिइसकेँः प्रधानन्यायधीश

रुकुम । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताउनुभएको छ । 

रुकुम पूर्वको जिल्ला अदालतको आज उद्घाटन गर्दै उहाँले आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेकोले आफू निर्दोष रहेको बताउनुभयो ।

न्यायकर्मी जनताको भावना, न्यायको मूल्य मान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उहाँले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिनुभयो ।