पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अबको राजनीति समृद्धि र सुशासनमा केन्द्रितः प्रचण्ड

म्याग्दी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको राजनीति विकास, समृद्धि, र सुशासनको मुद्दामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । 

छैठौं म्याग्दी महोत्सव, आद्यौगिक मेलाको आज बेनीमा उद्घाटन गर्नुहुँदै अध्यक्ष प्रचण्डले जलविद्युत, पर्यटन, कृषि, जडिवुटी, उद्योग, ब्यापारको विकास र पूर्वाधार निर्माणमा निजी क्षेत्रसँग साझेदारी गर्नुपर्ने बताउनुभयो । 

उहाँले वामपन्थीको एकता र राजनीतिक स्थिरताका लागि जनताले मत दिएकाले त्यसलाई सहज रुपमा आत्मसात गर्न काँग्रेसलाई आग्रह गर्नुभयो । 

आजै, म्याग्दीको बेनीमा आयोजित कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले एमाले र माओवादीसँगै अन्य कम्युनिष्ट पार्टीलाई समेत केन्द्रीत गर्न पहल भइरहेको बताउनुभयो । 

उहाँले वाम एकतासम्बन्धी कामले छिट्टै पूर्णता पाउने बताउनुभयो ।