पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २१ दलको निवेदन 

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि विभिन्न २१ राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १५ दिनको समय दिएर दल दर्ता गर्न आह्वान गरे अनुसार आज अन्तिम दिनसम्म २१ वटा राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचन आगामी माघ २४ गते बुधबार हुने गरी निर्वाचन कार्यक्रम समेत प्रकाशित गरिसकेको छ ।