पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अस्थायी प्रदेश मुकाम र प्रमुख चाँडै तोकिनेः प्रधानमन्त्री

जगत साउद, धनगढी । प्रधानमन्त्री शेर बहादुर देउवाले चाँडै अस्थायी प्रदेश मुकाम र प्रदेश प्रमुख तोकिने बताउनु भएको छ ।

धनगढीमा आज पत्रकारहरुसँग कुरा गर्नुहुदै प्रधानमन्त्री देउवाले अस्थायी प्रदेश मुकाम र प्रदेश प्रमुख तोक्ने बिषयमा दलहरुसँग सहमतिको प्रयास भइरहेको बताउनुभयो । 

सञ्चारक्रर्मीको जिज्ञासामा प्रधानमन्त्री देउवाले सरकारको नेतृत्व छोड्न आफू आतुर रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले मोहना–धनगढी–अतरीया ६ लेन सडक निर्माण कार्य नरोकिने बताउनुभयो ।