पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खोकु छिन्ताङमा मारिएकालाई शहिद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले धनकुटाको खोकु छिन्ताङ घटनामा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को आजको बैठकले २०३६ साल कात्तिक २७ गते भएको घटनामा मारिएका व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । 

पञ्चायती व्यवस्थाको विपक्षमा तथा प्रजातन्त्रको पक्षमा संलग्न भएको आरोपमा तत्कालीन राज्यसत्ताले दमन गरी ज्यान लिएको घटनालाई छिन्ताङ हत्याकाण्ड भनिदै आएको छ । 

आजको मन्त्रीपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी कार्यालय तोक्ने भने पनि बैठकमा प्रधानमन्त्री देउवाले सहमतिमा मात्र प्रदेश प्रमुख र अस्थायी कार्यालय तोक्ने र आफूले दलका नेताहरुसँग छलफल गरिरहेको जानकारी गराउनुभएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री मोहबहादुर बस्नेतले जानकारी दिनुभयो । 

सरकारले न्याय सेवाको विशिष्ट श्रेणीमा सोही सेवाका महेन्द्रनाथ उपाध्यायलाई पदोन्नति गर्ने निर्णय गरेको छ । बैठकले पुनरावेदन समितिको अध्यक्षमा हेमराज पन्तलाई नियुक्ति गर्ने निर्णय गरेको छ । 

बैठकले लाइभ स्टक सेन्टर इनोभेसन आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ८ अर्ब रु ऋण सहायता स्वीकार गर्ने पनि निर्णय गरेको छ । सरकारले आगामी बैशाख १ देखि आर्थिक गणना गर्न २०७५ सूचित आदेश जारी गर्ने निर्णय पनि गरेको छ ।