पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘सरकारी बैंकको सेवा उत्कृष्ट भएको सन्देश जनतामा पुर्याउनुपर्छ’

काठमाडौं । अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले सरकारी बैंकले उत्कृष्ट सेवा सुविधा दिन सक्छ भन्ने सन्देश आम जनतामाझ पुर्याउन सक्नुपर्ने बताउनुभएको छ । 

नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, केन्द्रीय समितिद्वारा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थ राज्यमन्त्री राणाले नयाँ प्रविधिको विकाससँगै सरकारी बैंकलाई पनि निजी बैंकसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउनु आवश्यक भएकोमा जोड दिनुभयो । 

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले सरकारी बैंकलाई कसरी आकर्षित र प्रभावकारी बनाउन सकिन्छ त्यस विषयमा बृहत् छलफल हुन आवश्यक रहेको टिपप्णी गर्नुभयो । 

त्यस्तै राष्ट्रिय वाणिज्य बैंकअन्तर्गत राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दीपेन्द्र कार्कीले ट्रेड युनियनलाई व्यावसायिक रूपमा र संस्थाहरुको हितमा अगाडि बढाउनु आवश्यक भएको बताउनुभयो ।