पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मकवानपुरमा राष्ट्रिय स्तरको क्रिकेट मैदान तयार

मकवानपुर । मकवानपुरमा राष्ट्रिय स्तरको क्रिकेट मैदान तयार भएको छ । 

मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो । 

मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन् । करिब रु ३० लाखको लागतमा क्रिकेट पिच, मैदानसहित मर्निङ ट्र्याकसमेत निर्माण भएको छ । 

सरकारी बजेटमा निर्माण भएको योे क्रिकेट मैदान राष्ट्रिय प्रतियोगिता र अभ्यासका लागि उपयुक्त रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिनुभयो ।