पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालिञ्चोक गाउँपालिकाका एक हजार धुरी लक्षित बर्गले पाए शौचालय सहयोग । 

radionepal


चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिकामा भुकम्प बाट भत्किएका एक हजार घर धुरी लक्षित बर्गका नागरिकहरुको सौचालय पुनर्निर्माण गरिएको छ । 
युनिसेफको आर्थिक सहयोगमा  ग्रामिण वातावरण सुधार समाज दोलखाले सो गाउँपालिकाका एक हजार घर धुरी न्युन आय भएका र दलित बिपन्न समुदायका स्थानीय बासिन्दाहरुको सौचालय पुनर्निर्माण गरेको हो ।  २०७२ को भुकम्प अगाडिनै खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको गाउँपालिकाका साबिकका गाविसहरु सुनखानी र लामिडाँडाका एक हजार सौचालय पुनर्निर्माण भएको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिन कुमार थामीले जानकारी दिए । उनले निजी आवासको काम सकिएसँगै  खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रम रहेकाले तत्काल सौचालय निर्माण गर्न नसक्ने परिवारलाई दातासँगको सहकार्यमा पुनर्निर्माण अभियान सञ्चालन गरेको बताएका छन् । 
   ग्रामिण वातावरण सुधार समाजले कालिञ्चोक गाउँपालिका ८ सुनखानीमा ५ सय ३५ वटा र वडा नं ३ र ४ मा पर्ने साबिकको लामिडाँडामा ४ सय ६५ गरी एक हजार सौचालय निर्माण सम्पन्न गरी स्थानीय जनप्रतिनिधीलाई हस्तान्तरण गरेको समाजकी कार्यक्रम निर्देशक धुर्बतारा शिबाकोटीले जानकारी दिएकी छन् । निर्देशक शिबाकोटीले गएको चार महिनादेखि  सौचालय निर्माण कार्यक्रम सुरु गरेर एक साता अघिमात्र निर्माण सम्पन्न भएको बताइन् । उनले  सौचालय निर्माणका लागि आबश्यक सम्पुर्ण सामाग्री र प्राबिधिक सहयोग आफुहरुले गरेको र कामदार ज्याला स्थानीय आफैले खर्च गरेको जनाएकी छन् । गाउँपालिकाका ३ वटा वडाका एक हजार सौचालय निर्माणमा ३४ लाख बजेट खर्च भएको समाजका फिल्ड संयोजक बलराम सापकोटाले जानकारी दिएका छन् । 
                                                            तेस्रो किस्ता लिन सहज 
    सौचालय सहयोग पाएका एक हजार लाभग्राहीहरुलाई पुनर्निर्माण प्राधिकरण मार्फत बितरण हुने निजी आवास बापतको तेस्र्रो किस्ता लिन सहज भएको लाभग्राहीहरुले बताएका छन् । प्राधिकरणले तेस्र्रो किस्ता अनुदान लिनका लागि सौचालय अनिवार्य गरेका कारण सौचालय पाएका स्थानीयलाई सहज भएको हो । कालिञ्चोक गाउँपालिका ८ सुनखानीकी मिनकुमारी नेपालीले घर निर्माण सकिए लगत्तै तेस्र्रो किस्ता रकम माग गर्ने बाटो खुल्ला भएको प्रतिक्रिया दिइन् । उनले आपत परेको बेला सानो सहयोग पनि ठुलो हुने भन्दै आफुहरुले पाएको निर्माण सामाग्री र प्राबिधिक सहयोगले निकै ठुलो राहत मिलेको बताएकी छन् । 
                                            छिट्टै खुल्ला दिसामुक्त जिल्ला बनाइने:  जिसस
कालिञ्चोक गाउँपालिकाको सौचालय अनुगमन गर्न बुधबार सुनखानी पुगेका जिल्ला समन्वय समिति दोलखाका सदस्य मुरारी शिबाकोटीले छिट्टै दोलखालाई खुल्ला दिसामुक्त जिल्ला बनाउने बताएका छन् । उनले भुकम्प अघि पनि मुक्त क्षेत्र घोषणा गरिएपनि भुकम्पले पुरै क्षेती पु¥याएको भन्दै स्थानीय तह र केही दाताहरुको सहयोगमा उक्त अभियान सञ्चालन गर्न प्रक्रिया अघि बढिसकेको जनाए । 
श्याम खतिवडा ÷रेडियो नेपाल