पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सैनिक श्रीमती संघद्वारा कम्बल वितरण

 

राजविराज - बढ्दो शीतलहरले जनजीवन कष्टकर बन्दै गइरहेको अवस्थामा सैनिक श्रीमती संघद्वारा सप्तरीको महादेवा गाउँपालिका–६ ढिकुलीमा १५० परिवारलाई बिहीबार कम्बल वितरण गरिएको छ । 

पूर्वी पृतनाका पृतनापति उपरथी ईश्वर हमाल, २७ वाहिनी अड्डाका वाहिनीपति अशोक सिग्देल, महदेवा गाउँपालिकाका अध्यक्ष दीपककुमार यादवको उपस्थितिमा सो कम्बल वितरण गरिएको हो । 

त्यस्तै संघकी सदस्य रोशनी हमाल र निता सिग्देलको सक्रियतामा तथा नेपाली सेनाका डा विनिता महतको सहयोगमा सो गाउँपालिकाका ३५० जनालाई निःशुल्क स्वास्थ्य जाँच गरी औषधिसमेत वितरण गरेको निमित्त गणपति सेनानी चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । जाँच गरिएकामध्ये करिब ८० प्रतिशतमा चिसोसम्बन्धी समस्या देखिएको उहाँले बताउनुभयो ।