पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चिसोका कारण सर्लाहीमा थप २ जनाको मृत्यु 

सर्लाही । अत्याधिक  चिसोका कारण सर्लाहीमा कठ्याग्रिंएर  फेरि २ जनाको ज्यान मृत्यु भएको छ । बसबरिया गाँउपालिका वडा नं.१ मानपुरका ६५ वर्षीया सियादेवी यादव र चक्रघट्टा गाँउपालिका वडा नंं ४ सुन्दरपुरका ६२ वर्षिय मोहम्मद हुसेन को मृत्यु भएको हो । 

प्रर्याप्त लत्ता कपडाको अभावमा उनीहरुको राती सुतेकै ठाउमा चिसोले गर्दा मृत्यु भएको स्थानियवासीले बताएका छन् ।

चिसोले हिजो ब्रह्मपुरी ६ नोकैल्वाका ५ वर्षीय बालक होरिल माझी को मृत्यु भएको थियो  ।

सर्लाहीमा केहि दिन यता चिसोका कारण निम्न आय भएका व्यक्तिहरु दिनभरि नै आगो तापेर बस्ने गरेको चन्द्रनगर गाउँपालिका १ का स्थानिय बासी रमेश यादवले जानकारी दिनुभयो ।