पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गर्भवती र सुत्केरी महिला आइरन चक्की खानबाट बञ्चित 

दिपक शर्मा, सल्यान । सल्यान जिल्लाका गर्भवती तथा सुन्केरी महिलाहरु आइरन चक्की खानबाट बञ्चित भएका छन् । 

जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरुमा विगत २ महिनादेखि आइरन चक्कीको अभाव भएपछि गर्भवती र सुत्केरी महिलाहरु आइरन चक्की खानबाट बञ्चित भएका हुन । 

वागचौर नगरपालिका वडा न ४ मा रहेको स्वास्थ्य चौकीका निमित्ति इन्र्चाज मिश्रा पुनले स्वास्थ्य चौकीमा औषधिको अभाव भएको स्वीकार गर्नुभयो । 

उहाँले नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयमा औषधि माग फारम भरेर पठाएपनि औषधि नआएको गुनासो राख्नुभयो ।