पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भाइरलबाट मृत्यु हुनेको संख्या १३ पुग्यो  

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा २ सातादेखि विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । 

भाइरल ज्वरोबाट हिजो थप एक जनाको ज्यान गएको हो ।

भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा. पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–५, टिप्ककी ६५ वर्षीया कालु तिरुवाको पनि ज्यान गएको छ । 

गोठमा बस्दै आएकी कालु केही दिनदेखि चिसोले थलिएकी थिइन् । उहाँलाई रुघाखोकी र ज्वरो आएको थियो । समयमा उपचार नपाएपछि उनको मृत्यु भएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो ।