पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भूकम्पपीडित परिवारलाई गाई वा भैँसी उपलब्ध गराउन माग

काठमाडौं । नेपाल डेरी एशोसिएसनले भूकम्पपीडित परिवारलाई एक परिवार एक गाई वा भैँसी उपलब्ध गराउन माग गरेको छ । 

गाई वा भैँसी उपलब्ध गराए भूकम्पपीडितको रोजगारीसँगै आम्दानी बढ्ने र मुलुकलाई दूधमा आत्मनिर्भर बनाउनका लागि सहयोग पुग्ने एशोसिएसनले जनाएको छ ।

भूकम्प अतिप्रभावित १४ तथा सामान्य प्रभावित १७ गरी ३१ जिल्लालाई प्रभावित जिल्ला घोषणा गरिएको छ । 

देशभर ४ लाख ५० हजार कृषक परिवार दूध उत्पादनको क्षेत्रमा आबद्ध छन् भने शहरी क्षेत्रमा दैनिक ३ करोडको दूध उपभोग हुने गरेको एशोसिएसनका अध्यक्ष सुमित केडियाले जानकारी दिनुभयो । 

देशमा करिब १५ अर्बको लगानी डेरी उद्योगमा रहेको एशोसिएसनले जनाएको छ ।