पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

छोरी जन्मिए एक हजार प्रोत्साहन भत्ता

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको छ । 

नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी भएबापत एक हजार र चारपटक गर्भजाँच गराएमा थप रु ४०० दिँदै आएकामा स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई गाउँपालिकाले थप एक हजार रुपियाँ प्रोत्साहन भत्ता दिन शुरु गरेको हो ।

छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्ने उद्देश्यले छोरी जन्मिए प्रोत्साहन भत्ता दिन थालिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताउनुभयो ।

गाउँपालिकाले दिएको प्रोत्साहन भत्ताले छोरीमा गरिने विभेदमा कमी आउने श्रीकोट स्वास्थ्य चौकीका निमित्त स्वास्थ्य चौकी प्रमुख अहेब प्रमबहादुर चन्दले बताउनुभयो ।