पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वायुु प्रदुुषण न्युनिकरणका उपाय प्रभावकारी बन्न सकेन

काठमाडौं । काठमाडौं उपत्यकामा वायुु प्रदुुषणको मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको भन्दा ५ गुणा बढी रहेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज वायु प्रदुुषण नियन्त्रणका विषयमा सम्बद्ध निकायहरुसँगकोे छलफलका क्रममा त्यससम्बन्धी जानकारी दिइएको हो । 

प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रमान गुरुङले वायुु प्रदुुषण न्युनीकरणका लागि सरकारले गरिरहेको प्रयास सफल बनाउने उपायको खोजी गर्न र कार्यान्वयनमा जान सम्बद्ध निकायका अधिकारीहरुलाई निर्देशन दिनुुभयो ।

उपत्यकामा सडक विस्तार, मेलम्चीको पानी वितरणका लागि पाइप विच्छ्याउन खनिएका खाल्डा खुल्डी, पूराना र मापदण्ड विपरीतका सवारी साधान, सडक मर्मत सम्भारको कमी र इट्टा भट्टाबाट निस्कने धुुवाँ लगायतका कारण वायुु प्रदुषण बढेको पाइएको छ ।

प्रधानमन्त्री कार्यालयले उपत्यकाका साथै देशभर वायुु प्रदुुषण न्युुनीकरण गर्न विभिन्न मन्त्रालय, वातावरण विभाग, यातायात व्यवस्था विभाग लगायत सम्बद्ध सबै निकायलाई निर्देशन दिएको छ ।