पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

केही समयपछि मात्र पार्टी बैठक बस्नेः प्रवक्ता शर्मा

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी राष्ट्रिय राजनीतिका महत्वपूर्ण कार्यमा व्यस्त रहेकाले केही समय पछि मात्र केन्द्रिय समितिको बैठक बस्ने जानकारी गराउनुभएको छ ।

पार्टी प्रवक्तामा मंगलबार नियुक्त भएपछि शर्माले आज काँग्रेस केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै निर्वाचनमा पार्टीको पराजयपछि काँग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा फरक फरक धारणा आउनु स्वभाविक भएको जानकारी गराउँदै राजनीतिलाई उमेरले होइन एजेण्डाले निर्देशित गर्नुपर्ने बताउनुभयो । 

प्रवक्ता शर्माले केन्द्रीय समिति बैठकमा पार्टीले निर्वाचन सम्पन्न गरी ऐतिहासिक जिम्मेवारी पुरा गरेको र पार्टीले अपेक्षा गरेअनुसारको परिणाम नआएको सम्बन्धमा समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।