पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डा. केसीलाई तारेखमा थुनामुक्त गर्न आदेश

काठमाडौँ । सर्वोच्च अदालतले आज वरिष्ठ चिकित्सक प्रा.डा.गोबीन्द केसीलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ । 

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको आजको संयुक्त इजलाशले अदालतको अवहेलना मुद्दाको सुनुवाइपछि यस्तो आदेश दिएको हो ।

सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन नियुक्तिको विषयमा गरेको फैसला विरुद्ध बयान दिएका कारण प्रहरी हिरासतमा रहनु भएका डा.केसीलाई हिजो बयानका लागि सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो ।