पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ए पी एफ क्लब खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा 

धनगढी । सशस्त्र प्रहरीको ए पी एफ. क्लब शुदुर पश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

धनगढीमा बुधबार भएको खेलमा ए पी एफ ले संकटा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको थियो ।

ए पी एफ का लागि दुवै गोल अन्जन विष्टले गरेका थिए ।

अन्जन विष्ट नै यस खेलको म्यान अफ दि म्याच घोषित भए ।

म्यान अफ दि म्याचका लागि विष्टलाई १० हजार रुपैँया पुरस्कार प्रदान गरिएको थियो ।

ए पि एफ ले अब सेमिफाईनलमा आयोजक सुदुरपश्चिम ११ को सामना गर्ने छ ।

प्रतियोगिताको अर्को क्वाटर फाईनल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबका बीच हुनेछ ।