पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भारत्तोलनमा राईको नयाँ कीर्तिमान

पोखरा । राखेप च्याम्पियनसिप अन्तर्गत पोखरामा बुधबारदेखि शुरु भएको भारत्तोलन प्रतियोगिताको ४५ केजी तौल समूहमा नेपाल प्रहरीकी संगिता राईले नँया राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् ।

क्लिन एण्ड जर्कमा संगिता राईले ६६ केजी तौल उठाउँदै १२ वर्ष अघि निता थापाले वीरगंजमा रखेको कीर्तिमान भंग गरेकी थिईन् ।