पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दृष्टिविहिन विश्वकप क्रिकेटको दोश्रो खेलमा नेपाल पराजित

काठमाडौं । नेपाल दृष्टिविहिन विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ ।

पाकिस्तानमा बुधबार भएको खेलमा नेपाल बंगलादेशसँग ४ विकेटले पराजित भएको थियो ।

टस जित्दै बंगलादेशले बलिङ्ग रोजेपछि ब्याटिङ्ग थालेको नेपालले निर्धारित ४० ओभरमा २ सय ३४ रन बनाउँदा सबै विकेट गुमायो ।

नेपालका कप्तान किर्तन दुवाले सर्वाधिक ६६ रन बनाउँदै अर्ध शतक पुरा गरेका थिए ।

बंगलादेशले ३३ ओभरमा ६ विकेटको क्षतीमा विजयी लक्ष्य प्राप्त गर्यो ।