पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिरहामा आगलागी, जनधनको क्षति

संजय बिश्वकर्मा/रेडियो नेपाल
सिरहा । सिरहाको लहान  नगरपालिका वडा नं. २२ मा आगलागी भएको छ । लहान नगरपालिका वडा नं. २२ गम्हरीया टोल बस्ने रामबृक्ष साहको घरमा आगलागी भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 
आगलागीमा २ ओटा घर, एउटा गोठ  पुर्ण रुपमा जलेको छ भने आगलागीबाट मानबिय क्षति नभई  अन्नपात, लत्ताकपडा,  एउटा गाई जलेको र एउटा खसी मरेको छ । गोठमा रहेको घुरबाट आगो सल्केकोले  करिब १२ लाखको क्षति भएको घरमुली साहले जानकारी दिए । 

लहान नगरपालिकाबाट गएको बारुण यन्त्र र स्थानियले करिब आधाघण्टा पछी आगो नियन्त्रण लिएका थिए । यसैबिच  सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ४ कविलाशी गाउँमा राहत स्वरुप  आगलागी पिडित परिवारलाई सिरक तथा त्रिपाल  बितरण गरिएको छ । 

आगलागी भएको २४ घण्टा नपुग्दैै सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादबले आगलागी पिडित परिवारको घरमै पुगेर प्रत्येक परिवारलाई एक एक थान सिरक तथा त्रिपाल वितरण गरेको छ । 

शनिवार  १० बजे राती  यादब बस्तीको जय नरायण यादबको गोठ घरबाट अचानक आगलागी हुदाँ छिमेकी राम औतार यादब, राम पुकार यादब, जय नरायाण यादब,आशाराम यादब र रामउदगार यादबको घर, धनमाल जलेर नष्ट भएको हुँदा करिब रु १२ लाख मूल्य बराबरको क्षति भएको वडा अध्यक्ष राम लोभित  यादबले जानकारी गराका थिए  । आगलागी हुदाँ फोन मार्फत बारुण यन्त्रलाई जानकारी गराउँदा पनि समयमा नआएकाले स्थानीयवासीहरुले नै आगो नियन्त्रणमा लिएको थियो ।