पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रा. डा. केसी पक्राउ

radionepal

काठमाडौँ ।   प्रहरीले अनशनरत वरिष्ठ चिकित्सक प्रा. डा .गोविन्द केसीलाई पक्राउ गरेको छ । आजदेखि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४ औँ अनशन शुरु गर्नुभएका प्रा. डा. केसीलाई आजै बेलुका अनशनस्थल त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिषर काठमाडौँका प्रवक्ता रामदत्त जोशीले  जानकारी दिनुभयो । प्रा. डा. केसीलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आजै अवहेलनाको मुद्दामा प्रा. डा. केसीलाई मंगलबार बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको नाममा आदेश जारी गरेको थियो ।