पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जनजागृति माविका लागि रु एक करोड आर्थिक सहयोग जुट्यो

radionepal

 

बागलुङ, गुल्मी - जनजागृति माध्यमिक विद्यालय बागलुङले हीरक जयन्तीका अवसर पारेर झण्डै रु एक करोड आर्थिक संकलन गरेको छ । स्वदेश तथा विदेश गरी हालसम्म विद्यालयलाई रु ९२ लाख आर्थिक सहयोग जुटेको विद्यालयका शिक्षक डिलबहादुर बुढाथोकीले जानकारी दिनुभयो । 

गल्कोट नगरपालिका–८ काँडेबासमा रहेको जनजागृति माविको ६० आँै वर्ष पूरा गरेको अवसरमा यही माघ १० देखि १४ सम्म हीरक जयन्ती मनाउन गइरहेको छ । 

हीरक जयन्ती नजिकै आउन लाग्दा विद्यालयले स्वदेश तथा विदेशमा विभिन्न शहर बजारमा हीरक जयन्तीको प्रचारप्रसारसँगै आर्थिक संकलनलाई तीव्रताका साथ अगाडि बढाइएको विद्यालयका प्राचार्य तेजिन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।