पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जाडो छल्न हिमाल छिचोलेर नेपाल भित्रिए चरा

काठमाडौं । जाडो छल्नका लागि साइबेरिया लगायतका उच्च हिमाली क्षेत्रबाट विभिन्न प्रजातिका चरा नेपाल भित्रिएका छन् । 

वरिष्ठ चरा विशेषज्ञ डा. हेमसागर बरालका अनुसार उच्च हिमाली भेगमा तापक्रम घटेर माइनस डिग्रीमा पुगेकाले जाडो छल्नका लागि झण्डै १५० प्रजातिका चरा नेपाल भित्रिएका छन् ।

तिब्बत र साइबेरिया लगायतका क्षेत्रबाट जाडो छल्नका लागि नेपाल भित्रिएका चराहरुमध्ये २२ भन्दा बढी प्रजातिका हाँस र ५० भन्दा बढी प्रजातिका जलक्षेत्रमा रहने चराहरु रहको डा. बरालले जानकारी दिनुभयो ।