पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जिल्ला अस्पतालमा निःशुल्क औषधि अभाव

लमजुङ । लमजुङको जिल्ला सामुदायिक अस्पतालमा निःशुल्क औषधि अभाव भएको छ । 

सरकारले उपलब्ध गराउने ७२ प्रकारका निःशुल्क औषधिमध्ये अधिकांश औषधि सकिएको अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले जानकारी दिनुभयो ।

औषधि खरिदका लागि सरकारबाट वार्षिक बजेट आउने गरेकामा यस वर्ष नआएकाले निःशुल्क औषधि खरिद गर्न नसकिएको जिल्ला सामुदायिक अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले बताउनुभयो । 

उहाँले निःशुल्क उपलब्ध गराइने धेरै प्रयोग हुने औषधिहरु सकिएको र कम प्रयोग हुने केही औषधि मात्र बाँकी रहेको स्पष्ट गर्नुभयो ।