पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अस्पतालमा सुत्केरीको भिड 

radionepal

श्याम खतिवडा/रेडियो नेपाल  
चरिकोट । सुत्केरी ब्यथाले च्यापेपछि भिमेश्वर नगरपालिका ९  लाकुरीडाँडाकीे २४ वर्षिया सुनमायाँ तामाङ् सोमबार चरिकोट अस्पताल भर्ना भइन् । यस अघिनै सल्लेकृया गरेर पहिलो सन्तान जन्माएकी उनको यो पटक पनि नर्मल हुने अवस्था थिएन । डाक्टरहरुले सल्लेकृया गर्नुपर्छ भन्ने सल्लाहा दिएपछि निकै चिन्तित बनेकी सुनमायाँको मंगलबार सल्लेकृयामार्फत दोस्र्रो सन्तान जन्मियो । 
पहिले जति पनि पिडा नभएको बताउदै उनले  आफुलाई अस्पतालले पुर्नजिवन दिएको बताइन् । पहिलो सन्तान सल्लेकृया मार्फत जन्मिएको र दोस्र्रो जन्मिने बेला आफुलाई ठुलो चिन्ता भएपनि अस्पतालले सहजै सल्लेकृया गराएर प्रसुती गराएको भन्दै खुसी ब्यक्त गरिन् । पहिलो शल्यकृया राजधानीको महंगो अस्पतालमा गराएको सम्झिदै उनले भनिन्‘ याँहा त उल्टै प्रोत्साहन भत्ता समेत पाँए , त्यतिबेला यसका बाबाले ४२ हजार पैसा खर्च गर्नुभएको थियो गहभरि आँसु पार्दै उनले भनिन् हामिजस्ता कम्जोर आर्थिक स्थिती भएका मानिसहरुलाई अस्पतालले ठुलो गुन लगाएको छ । ’ 

सुनमायाँ सँगै पछिल्लो समय  चरिकोट अस्पतालमा सुत्केरी गराउन आउने महिलाहरुकोे भिड नै लाग्ने गरेको छ  । अस्पतालले विशेषज्ञ सहितको निशुल्क सेवा सञ्चालन गरेसँगै सुत्केरी हुन आउने महिलाको संख्यामा वृद्धि भएको हो । जनरल प्राक्टिसनर समेत रहेका अस्पतालका मेडिकल निर्देशक डाक्टर बिनोद दंगालका अनुसार विशेषज्ञ सहितको निशुल्क सल्यकृया तथा प्रसुती प्रोत्साहन भत्ता समेत उपलब्ध गराइने भएकाले सुत्केरी हुन आउने महिलाको संख्यामा वृद्धि भएको अनुमान छ । 
अस्पताल प्रशासनका अनुसार निशुल्क सेवा सञ्चालन भएको दुई वर्ष बित्न लाग्दा हालसम्म १ हजार ५ सय ३ जना महिलाहरुले सफल  प्रसुती सेवा पाएका छन् । डाक्टर दंगालका अनुसार अस्पतालमा यो आर्थिक वर्षमा मात्रै ३ सय ५१ जना महिलाहरु सुत्केरी भैसकेका छन् । उनले प्रति महिना ७५ देखि ९० जना सम्म महिलाको सुत्केरी गराउन अस्पताल सफल भएको बताए । चरिकोट अस्पतालमा सुत्केरी हुन आउने महिलाहरुले निशुल्क सेवा सँगै प्रोत्साहन भत्ता समेत पाउछन् । अस्पतालले मंगलबार मात्रै ६ जनाको सामान्य र एक जनाको सल्लेकृया मार्फत प्रसुती गराएको छ । 
सबै जसो रोगको निशुल्क उपचार
मनमायाँ प्रतिनिधी पात्र मात्रै हुन् । उनी जस्तै धेरै न्युन तथा मध्यम वर्गिय परिवारका नागरिकहरुलाई पैसा नभएकै कारण मर्नुपर्ने बाद्यताबाट प्रस्तावित चरिकोट अस्पतालले जोगाएको सरोकारवालाहरु बताउछन् ।  अस्पतालले आइ सि यु बाहेकका सबै जसो सेवा निशुल्क सञ्चालन गरेको छ । निर्देशक डाक्टर दंगालका अनुसार सुबिधा सम्पन्न भबन उपलब्ध भए निकट भविश्यमानै आइ सि यु सेवा सञ्चालन गर्ने प्रतिक्रिया दिए ।   
२ सय ६८ प्रकारका औषधी निशुल्क 
अस्पतालले उपचार मात्रै हैन औषधी समेत निशुल्क वितरण गर्ने गरेको छ । निर्देशक डाक्टर दंगालका अनुसार हामिलाई सरकारले प्राथमिक स्वास्थ्य केन्द्रका लागि ५८ प्रकारका औषधी पठाउछ त्यसबाहेक बाँकी सबै औषधीहरु हामी आफै खरिद गर्छौ र सबै जसो बिरामीलाई नेपालमा उपलब्ध हुने सबै औषधी निशुल्क नै बितरण गर्छौ । उनका अनुसार मेडिकल बिज्ञानको नजरमा चलन चल्तीमा आएका २ सय ६८ प्रकारका औषधी अस्पतालले निशुल्क वितरण गरेको छ । 
अमेरिकी संस्था पोसिबल हेल्थको सहयोग
 अमेरिकी संस्था पोसिबल हेल्थको आर्थिक सहयोगमा न्याय हेल्थ नेपाल र स्वास्थ्य मन्त्रालयको समन्वयमा प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटलाई प्रस्तावित चरिकोट अस्पतालको रुपमा  सञ्चालनमा ल्याइएको निर्देशक दंगालले जानकारी दिए । उनका अनुसार अस्पताल सञ्चालनका लागि प्राथमिक स्वास्थ्य केन्द्रको खर्च बाहेक अन्य सबै ब्यवस्थापन पोसिबल हेल्थनै गरिरहेको छ । १० वर्ष सम्म अस्पताल सञ्चालन गर्ने सम्झौता भए अनुरुप २०७३ माघ महिना बाट सार्वजनिक निजी साझेदारी मोडेलमा अस्पताल सञ्चालनमा आएको हो ।