पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आधुनिक उपकरण जडान गरी उपचार शुरु

नवलपरासी । नवलपरासीको पुरानो पृथ्वीचन्द्र अस्पतालमा आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु गरिएको छ  ।  

अत्याधुनिक प्रविधियुक्त जिन एक्सपट नामक  उपकरण जडान गरी क्षयरोगका बिरामीको परीक्षण शुरु गरिएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोषकुमार श्रीवास्तवले बताउनुभयो । 

निःशुल्क रुपमा बिरामीलाई जाँच गरिने र क्षयरोग परीक्षण गराउन आउने बिरामीलाई दूरीको हिसाबले यातायात खर्च समेत उपलब्ध गराइने जिल्ला स्वास्थ्य पश्चिम नवलपरासी कार्यालयले जनाएको छ ।