पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

क्यान इन्फोटेक माघमा हुने

काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले यो वर्ष पनि क्यान इन्फोटेक आयोजना गर्ने भएको छ । 

आज पत्रकार सम्मेलन गर्दै क्यानले २४ औं क्यान इन्फोटेक माघ ११ देखि १६ गते सम्म काठमाडौंको भृकुुटी मण्डपस्थित प्रदर्शनीस्थलमा गर्ने जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा क्यानका महासचिव विश्वराम बलामीले सूचना तथा सञ्चार क्षेत्रको विकास, विस्तार एवं प्रवद्र्धनका लागि क्यान इन्फोटेक आयोजना गर्न लागिएकोे जानकारी दिनुभयो ।