पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दिउँसो ३  बजेसम्म ५७ प्रतिशत मतदान:निर्वाचन आयोग

radionepal

काठमाडौ(दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आज भएको मतदानमा ३ बजेसम्म ५७ प्रतिशत मतदान भएको छ ।सबैभन्दा बढी रुपन्देहीमा ६६,चितवन ६५,सुर्खेत  ६३,  र मोरङ जिल्लामा ६२  प्रतिशत मतदान भएको छ । 

 दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।  आज बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।