पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ताप्लेजुङ मतगणना पाँच बजेदेखि हुने

माला पालुङवा
ताप्लेजुङ : 
 मंसिर १० गते पहिलो चरणमा सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना ताप्लेजुङमा आज साँझ देखि सुररुहुने भएको छ । मतगणनाको लागि सबै तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आज साँझ ५ बजे देखि मतगणना गर्नका लागि सिसि क्यामेरा जडान्,मतदान स्थलमा जाली,सुरक्षा ब्यावस्था,मतगणनामा सहभागि दलकाप्रतिनिधि तथा मतगणक कर्मचारीहरुलाई तालिम लगायतका काम सम्पन्न गरेको मुख्य निर्वाचन अधिकारी कृपासुर कार्कीले जानकारी दिनुभयो । जिल्लामा मतगणनाको अवस्थालाई मध्यनजर गदै फुङलिङ नगरपालिका सहित जिल्लामा सुरक्षा ब्यावस्था समेत मजबुद बनाइएको प्रमुख जिल्ला अधिकारी मोहन जिसिले जनाकारी दिनुभयो ।

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जिल्लामा प्रतिनिधि तर्फ दुई स्थान र प्रदेश क र ख मा एक–एक गरी चार स्थानमा मतगणना गरिने तयारी रहेको छ ।  १० गते सम्पन्न भएको मतदानमा जिल्लामा कुल मतदाता ७८ हजार ३ सय ९७ रहेकोमा ५१ हजार ७ सय ४३ मत खसेको थियो । जम्मा पुरुष २७ हजार २ सय ५७ र महिला २४ हजार ८ सय ८६ जनाले मतदान गरेको अधिकृत कार्कीले बताउनुभयो । निर्वाचन पछि केहि सुनसान रहेको नगरपालिकामा पुन चहलपहल बढेको छ ।