पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दिउँसो २ बजेसम्म ५० प्रतिशत मतदान

radionepal

काठमाडौ-दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आज भएको मतदानमा २ बजेसम्म ५० प्रतिशत मतदान भएको छ ।सबैभन्दा बढी सुर्खेतमा ६३, मकवानपुरमा ६० र मोरङ जिल्लामा ५८ प्रतिशत मतदान भएको छ । त्यसैगरी, इलाम, झापा, धनकुटा, रौतहट, सिन्धुली काठमाडौं, भक्तपुर, चितवनलगायतका जिल्लामा ५५ प्रतिशत मतदान भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

 दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ ।  आज बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।