पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राजपा नेता सुमन द्वारा मतदान

राजविराज :  राष्ट्रिय जनात पार्टी (राजपा) नेपालका महासचिव मनिषकुमार सुमनले आज मतदान गर्नुभएको छ । उहाँले राजविराजस्थित केसरी अनरुदवती मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि नेता सुमनले आज भइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रदेश नं २ मा राजपा–फोरम गठबन्धनको बहुमत आउने दाबी गर्नुभयो । 

त्यस्तै उहाँले सप्तरी जिल्लामा रहेको चारवटै क्षेत्रमा मधेशी गठबन्धनको जित हुने दाबी गर्दै मधेशी जनताको अधिकारका लागि मधेशी गठबन्धन नै जितनुपर्ने बताउनुभयो । मधेशी जनताको हक र अधिकार नभेटेसम्म मधेशी जनताको आन्दोलन र संघर्ष पनि जारी रहने उहाँले भन्नुभयो । 

नेता सुमन सप्तरी क्षेत्र २ को (ख)का प्रदेशसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । उहाँ वाम गठबन्धनका उम्मेदवार महेश यादव र राजपाबाट टिकट नपाएका स्वतन्त्र उम्मेदवार लक्ष्मण यादवसँग प्रतिस्पर्धामा हुनुहुन्छ । यसैबीच दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत सप्तरीको राजविराजमा १०३ वर्षीया वृद्धाले आज मतदान गर्नुभएको छ । 

राजविराज नगरपालिका–७ निवासी सोमनीदेवी जोशीले राजविराजस्थित जिल्ला खेलकुद विकास समिति मतदान केन्द्रमा मतदान गर्नुभएको सप्तरीका वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराईले जानकारी दिनुभयो ।