पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कपिलवस्तुका ४१० केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान हुदै

radionepal

हरि अधिकारी 
कपिलवस्तु  । 
कपिलवस्तुमा विहान ७ बजेदेखि ४ सय १० केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सुचारु भएको छ । विहान ७ बजे देखि मतदान सुचारु हुनेभएपनि कपिलवस्तुका मतदान केन्द्रमा विहान ६ बजेदेखिनै उत्साहपूर्ण रुपमा मतदान केन्द्रमा मतदाता सहभागी भएका थिए । जिल्लाका २ सय ३३ मतदान स्थलका ४ सय १० केन्द्रमा विहान ७ बजे मतदान सुचारु भएको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरि घिमिरे जानकारी दिनुभयो ।

यसैबिच कपिलवस्तुका केही मतदान केन्द्रमा तयारीका कारण निर्धारित समयभन्दा केहि ढिलो मतदान सुचारु भएको बताइएको छ । यसैबीच कपिलवस्तुका ७।८ ठाउँमा मतदातालाई डर त्रास देखाउन संकास्पद बस्तु राखेको प्रहरीले जनाएको छ । नेपाली सेनाको डिस्पोजज टोलीले संकास्पद बस्तुलाई सुरक्षा दिएर डिस्पोज गराएको समेत छ । कतिपय स्थानमा राखिएका संकास्पद बस्तु काजगले बेरेर माटो राखेर डर त्रास देखाएको प्रहरीले जनाएको छ ।  कुल ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको कपिलवस्तु जिल्लामा  ३ लाख ११ हजार ७ सय ६० मतदाता रहेका छन् । प्रतिनिधी सभाको ३ र प्रदेश सभाको ६ निर्वाचन क्षेत्रबाट  १ सय ८१ उम्मेदवार चुनावी मैदानमा छन् । 
    २ सय ३३ मतदान स्थल मध्ये १ सय ५३ अति सम्बेदनशीलको सूचीमा राखिएकोले उच्च सतर्कता अपनाइएको हो । जिल्लामा ६५ सम्बेदनशील र १५ सामान्य मतदान स्थलको रुपमा कायम गरिएका छन् भने ४ सय १० मतदान केन्द्र कायम गरिएको छ । मतदान केन्द्रहरुको सुरक्षाका लागि करिव ५ हजार ४ सय सुरक्षाकर्मीहरु खटिएका छन् भने मतदान केन्द्रमा ३ हजार २ सय ७९ कर्मचारी खटिएका छन् । 

कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र .न.१ का बाम गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल 'बलदेव ' ले बाणगंगा न.पा बाड.न .६ लक्षुमणघाट मा.बि क बाट मतदान गर्नु भएकाे छ।