पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालीकोटमा परम्परा तोडेर मतगणना हुदै,प्रत्यक्षतर्फको नतिजा शुक्रबार साँझ सम्म सार्वजनिक गरिने

रत्न कार्की 
कालीकोट
। देशका ४५ जिल्लामा मतदान हुदै गर्दा गत १० गते सम्पन्न पहीलो चरणको  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको कालिकोटमा आज बिहिबार अपरान्ह ५ बजेदेखी मतगणना सुरु हुने भएको छ । दोस्रो चरणको निर्वाचन सम्पन्न हुदै गर्दा  पहीलो चरणको निर्वाचन सम्पन्न भएको कालिकोटमा भने मतगणना सुरु हुने भएको हो ।

सरकारले दोस्रो चरणको निर्वाचन सम्पन्न नहुदाँ सम्म मतगणना रोक्ने आदेश दिएपछि जिल्ला अदालत कालिकोटमा त्रीपक्षिय कडा सुरक्षामा राखिएका मतपेटिकाहरु आज  खोलिने भएका छन । ५ बजेदेखी मतणनाको लागी तयारी गरेको जिल्ला अदालत कालिकोटका न्यायाधीस एवं कालिकोटका मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी सिवाकोटिले जानकारी दिनु भयो ।

उहाँका अनुसार सुरक्षा संवेदनशिल जिल्लालाई ध्यान दिएर कडा सुरक्षाका बावजुद प्रदेश, प्रतिनिधि सभाको मत गणना एक साथ हुने जानकारि दिनुभयो । मतपरिणामको अपेक्षामा रहेका मतदातालाई छिटो परिणाम दिनका लागि पनि दुई वटा प्रदेससभा र एक प्रतिनधिसभाको लागी तिन ठाउँमा मतगणना हुने उहाँको भनाई छ ।
परम्परा तोडेर मतगणना हुदै 
कालिकोट जिल्लामा यसपटकको मतगणना नयाँ ढंगले गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत सिवाकोटिको भनाई छ ।  जिल्लामा कांग्रेस नेतृत्वको लोगतान्त्रिक र एमाले माओबादी बामगठबन्धनका उमेदारहरुको कडा टक्कर देखिए पछि आफुले कुन मतदान केन्द्रबाट कति मत प्राप्त  भयो भनेर दलहरुले जान्न खोजेका कारण दलीय माग अनुसार  प्रत्यक मतदान केन्द्रको मतपेटिहरुको मत अलग अलग मतगणना गरिने सर्वपक्षिय निर्णय भएको मुख्य निर्वाचन अधिकृत सिवाकोटिले जानकारि दिनुभयो । यस अघिका  निर्वाचनमा  साम्प्रदायीक हुने डरले मतपेटिकाहरु एक अर्कोमा मिसाएर मतगणना  गर्ने प्रचलन थियो ।

यस वर्ष कालिकोटमा दलहरुले प्रत्यक मतदान स्थलको मत पेटिको मत अलग अलग गणना प्रचलन थियो । भित्र अलग अलग मतगणना गरीए पनि बाहीर जानकारि दिदा भने हरेक तिन मतपेटिको मतगणना भएपछि मात्रैे जानकारि गराउने निर्णय गरिएको छ । मतगणनाका लागी मतगणकहरु ,सुरक्षा ब्यवस्था र दल प्रतिनिधिहरुको टुग्गो लागी सकेको अधिकृत सिवाकोटिले जानकारि दिनुभयो । मतगणना स्थल जिल्ला अदालतको ५० मिटर वरपर कडा सुरक्षा ब्यवस्था मिलाइएको कालिकोटका  सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले जानकारि दिनुभयो ।

उहाँका अनुसार मतगणना सम्म भित्रि घेरामा नेपाल प्रहरी दोस्रो घेरामा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले कडा सुरक्षा दिने जनाइएको छ । मत गणना स्थलमा बिगतको जस्तो पत्रकार, नागरिक समाज, प्रयवेक्षण, राजनितिक दल युवा स्वयमसेवकका नाममा हुल गर्न नपाईने भएकोछ । मतगणना स्थलमा घेरवाडको ब्यवस्था नगरिए पनि मतगणना स्थलको सुरक्षा ब्यवस्थामा कुनै कमी नहुने सहयाक प्रजिअ दुलालको भनाई छ ।

निर्वाचन आयोगले मतगणना सम्बन्धि जारि गरेको निर्देशन बमोजिम हुने मुख्यनिर्वाचन अधिकृत कृष्णमुरारी सिवकोटिले जानकारी दिनु भयो । सम्भव भए सुक्रबार साझसम्म प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक गरि सक्ने लक्ष्यका साथ मतगणना सुरु गरिएको जिल्ला स्थीत मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनकारि दिएको हो ।