पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सार्ककाे ५४ वैठक मंसिर २५ गतेदेखी काठमाण्डाैमा हुने

काठमाडौँ, २० मंसिर २०७४ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को ५४ औँ बैठक यही मंसिर २५ देखि २७ गतेसम्म यहाँस्थित सार्क सचिवालयमा हुने भएको छ । 


बैठकले सार्क सचिवालय, सार्कका पाँच क्षेत्रीय केन्द्र र चार विशिष्टीकृत निकायको बजेटमा छलफल गर्ने परराष्ट्र मन्त्रालयका सहसचिव एवं क्षेत्रीय संगठन महाशाखा प्रमुृख मणिप्रसाद भट्टराईले बताउनुभयो । 

सहसचिव भट्टराईको नेतृत्वमा हुने उक्त बैठकमा भाग लिन सार्कका सबै मुलुकका परराष्ट्र÷बाह्य मामिला मन्त्रालयमा सार्क महाशाखा हेर्ने सहसचिव आइतबार राजधानी आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।