पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निर्वाचन बिथोल्ने कार्यमा संलग्न करिब एक हजार प्रहरी नियन्त्रणमा

काठमाडौं । निर्वाचन बिथोल्ने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले देशभरबाट झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको जनाएको छ । 

नेकपाका ६ सय र सिके राउत समूहका १३ जना तथा अन्य ३ सय ४४ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले जानकारी दिनुभयो । 

बुथ सुरक्षा टोलीका अलावा पैदल टोली, मोबाइल टोली, सादा पोशाकका टोली र रिजर्भ टोली खटाएको जानकारी दिनुभयो । 

प्रहरीले निर्वाचनमा देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाएको जनाएको छ ।