पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निर्वाचन विरोधी गतिविधि गर्ने ३ भारतीयसहित ११ पक्राउ

सप्तरी । निर्वाचन विरोधी गतिविधि गर्ने ३ जना भारतीय नागरिकसहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पार्ने क्रममा प्रहरीले विभिन्न स्थानबाट तिनलाई पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । 

पक्राउ परेकामध्ये ६ जना नेकपाका कार्यकर्ता रहेको बताइएको छ । अभियुक्तका साथबाट एक एक थान बम बरामद गरिएको छ ।