पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आफ्नो अभिमत जाहेर गर्न प्रचण्डको आह्वान

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा भाग लिन आम देशबासीलाई आह्वान गर्नुभएको छ । 

चितवनको शिवनगरस्थित आफ्नै निवासमा अध्यक्ष प्रचण्डले संयमतापूर्वक आफ्नो अभिमत जाहेर गरेर निर्वाचनलाई सफल बनाउन आग्रह गर्नुभयो । 

संविधान कार्यान्वयन गर्दै स्थिर सरकार र समृद्धिका लागि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन महत्वपूर्ण भएको भन्दै अध्यक्ष दाहालले उत्साहपूर्वक मतदानमा सहभागी भई निर्वाचनलाई पर्वका रुपमा सम्पन्न गर्न सबैमा अपिल गर्नुभयो ।