पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पहिलो खेलमा नेपाल यु ए ई सँग पराजित

काठमाडौं । आई सी सी विश्वकप लिग क्रिकेट अन्तर्गत नेपाल संयुक्त अरब ईमिरेट्स् यु ए ई संगको पहिलो खेलमा पराजित भएको छ ।

यु ए ई को अबुदाबीस्थित जाहेद क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा नेपाल यु ए ई संग ८ विकेटले पराजित भएको थियो ।

पहिलो ब्याटिङ्ग गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय २१ रन बनाएको थियो । नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ८१ रन बनाएका थिए । यसैगरी, ज्ञानेन्द्र मल्लले पनि ५४ रन बनाउँदै अर्ध शतक पुरा गरेका थिए ।

२ सय २२ रनको विजय लक्ष्य यु ए ई ले ४५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गरेको थियो । 

यु ए ई का कप्तान रोहन मुस्तफाले ६२ र गुलाम साबेरले अविजित रहँदै ८१ रनको योगदान गरेका थिए ।

नेपालका लागि शरद भेषवाकर र सन्दीप लामिछानेले १–१ विकेट लिएका थिए ।

आई सी सी विश्वकप लिग क्रिकेटबाट नेपालको छनोटको सम्भावना सकिए पनि प्रतियोगिता अन्तर्गत यु ए ई सँग २ वटा खेल खेल्न बाँकी थियो ।

नेपालले यु ए ई सँग शुक्रबार दोस्रो खेल खेल्ने छ ।

डिभिजन टु झरिसकेको नेपालले अब सन् २०१८ को प्रारम्भमा विश्वकप छनोटमा प्रवेशका लागि फेरि अर्को प्रतियोगिता खेल्ने छ ।