पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कम गुणस्तरको कच्चापदार्थ प्रयोग गरेको कारण अम्बे सिमेन्ट प्रालीको इजाजत रद्द

radionepal

काठमाडौँ, २० मंसिर २०७४ । नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्राली पर्साको इजाजत रद्द गरेको छ । 

प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा गणस्तरहिन कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रालीले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कम गुणस्तरको कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको जानकारी दिनुभयो ।