पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ढुक्क भएर मतदान गर्न सञ्चारमन्त्रीको आव्हान  

धनगढी । सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले मंसीर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ढुक्क भएर मतदान गर्न आह्वान गर्नु भएको छ ।

आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले सबै मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने गरी सरकारले निर्वाचन सुरक्षा व्यवस्था मिलाएको बताउनु भयो । 

मन्त्री बस्नेतले यो निर्वाचनपछि मुलुक संविधान कार्यान्वयन भएर आर्थिक समृद्धिमा अघि बढ्ने बताउनु भयो ।

कमन्त्री बस्नेतले प्रदेश राजधानी तोक्ने सम्बन्धमा सरकारले चाँडै निर्णय गर्ने जानकारी दिनुभयो ।