पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नारायणगोपालको २७ औँ स्मृति दिवस सम्पन्न

काठमाडौँ । स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले आज सांगीतिक कार्यक्रमको आयोजना गर्यो । 

विसं १९९६ असोज १८ मा काठमाडौँको किलागलमा जन्मनुभएका नारायणगोपाल गुरुवाचार्यको विसं २०४७ मंसिर १९ मा निधन भएको थियो । 

प्रसिद्ध गायक नारायणगोपाललाई नेपाल सरकारले स्वर सम्राटको उपाधि दिएको थियो भने सयौँ गीतमा स्वर संगीत दिएका नारायणगोपालले नेपाली संगीतलाई उचाइमा पुर्याउन निर्वाह गरेको भूमिका अतुलनीय छ । 

झण्डै ५०० भन्दा बढी गीत गाउनुभएकामा नारायणगोपालले आफ्नो जीवन कालमा कूल १३७ लोकगीत, पपगीत तथा आधुनिक गीतमा संगीत दिइ रेकर्ड गराउनुभएको थियो । 

उहाँको गीत तथा संगीत विशेष गरेर प्रेम, जीवन तथा देशभक्तिमा अशक्त थियो । ‘जागजाग चम्क हे नौजवान हो’, ‘आमा तिमीलाई जलभरिका औँलाले चुम्न’ जस्ता गीत संगीतले ६० का दशकमा गायक तथा संगीतकार गोपाल योञ्जनसँग मिलेर काम गरेपछि उहाँले प्रेम, वेदनायुक्त गीत सिर्जनामा तल्लीन हुनुभयो ।