पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

७ सदस्यीय टोली २२ गते भारत जाने

दोश्रो खुला आमन्त्रण फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहति ७ सदस्यीय नेपाल सिन क्योकुसिन कराते संघको टोली मंसीर २२ गते भारतको केरला जाँदैछन् ।

प्रतियोगिताको पुरुष खुला तौल समूहमा वसिष्ट प्रसाद प्रधान, ७५ केजीमुनि आर्यन विसी, ६५ केजीमुनि सन्तोषकुमार लामा र ५५ केजीमुनि निर्मल लोले प्रतिस्पर्धा गर्नेछन् । 

यसैगरी महिला ५५ केजीमुनि रेजिना दर्नाल तथा खुला तौल समूहमा निशा बोहराले भाग लिने छन् । 

प्रतियोगिता डिसेम्बर १५ देखि १९ तारिखसम्म सन्चालन हुने छ ।