पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो नेपालले देशका सातवटै प्रदेशमा भरपर्दो प्रसारण सेवा पुर्‍याउने छ : संचार मन्त्री बस्नेत

radionepal


धनगढी । सूचना तथा संचार मन्त्री मोहन बहादुर बस्नेतले सात वटै प्रदेशमा रेडियो नेपालको सेवा पुर्याउनका लागी आवश्यक काम शुरु गरिएको बताउनु भएको छ ।
रेडियो नेपालको आयोजनामा आज धनगढीमा आयोजित रेडियो नेपालको समाचार, कार्यक्रम, सेवा प्रवाह र न्यायमा पहुच कार्यक्रमको प्रभावकारीता राय सुझाव संकलन कार्यक्रममा संचारमन्त्री बस्नतले निशुल्क कानुनी उपचार सेवालाई प्रभावकारी बनाउन न्यायमा पहुच कार्यक्रमले सहयोग पुरयाएको बताउनु भयो । संचारमन्त्री बस्नेतले शतप्रतिशत नेपालीले रेडियो नेपाल सुन्न सक्ने बनाउनका लागी अहिले स्थलगत अध्यन, निरीक्षण, सुझाव लिने काम भइरहेकाले चाडै रेडियो नेपाललाई आधुनिकिरण गरिने बताउनु भयो ।
    उहाले रेडियो नेपालको सेवा प्रवाहलाई समय सुहाउदो, परिमार्जीत, प्रतिपस्र्धालाई ध्यानमा राखेर अघि बढ्नु पर्ने आबश्यक रहेकोमा जोड दिनुभयो । 
मन्त्री बस्नेतले मुलुकको राजनीति संरचना, जनताको चाहाना, बदलिदो परिस्थीलाई ध्यानमा राखेर रेडियो नेपालको सेवालाई अघि बढाउन यस्ता कार्यक्रमको ठुलो महत्व राख्दछ भन्नुभयो । 
   कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले सर्वसधारणको न्यायमा सहज पुहच र अदालतको ढोकासम्म पुग्ने उदेश्यले न्यायमा पहुच कार्यक्रम संचालन गरिएको बताउनु भयो । उहाले न्यायमा पहुच कार्यक्रमलाई जनतासम्म पु्रयाउनका लागी सवै सरोकारवालासंग राय सुझाव लिने गरिएको बताउनु भयो ।
   यस्तै कार्यक्रममा रेडियो नेपालका निर्देशक बुद्धि बहादुर केसीले रेडियो नेपालबाट प्रशारण हुने समाचार, कार्यक्रम तथा सेवा प्रवाह र न्यायमा पहुच कार्यक्रमबारे जानकारी दिनुभयो । कार्यक्रममा कानुन ब्यवसायी, नागरीक समाज। अधिकारीक्रर्मी, पत्रकार, सर्वसधारण लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन रेडियो नेपाल कार्यक्रम महाशाखा प्रमुख डा नवराज लम्सालले गर्नुभएको थियो ।

- जगत साउद /  रेडियो नेपाल