पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काँग्रेस नेता गगन थापामाथि बम प्रहार

radionepal

काठमाडौँ । चुनाव प्रचारप्रसारका क्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार भएको छ । बूढानीलकण्ठ नगरपालिका–२ चपलीमा घरदैलो गरिरहेका बेला अज्ञात समूहले थापालाई केन्द्रित गरी बम प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, बरिष्ठ प्रहरी उपरीक्षक रबीन्द्र धानुकले जानकारी दिनुभयो । उहाँका अनुसार थापाको टाउको र कम्मरमा चोट लागेको छ । बम प्रहारबाट छ जना काँग्रेस कार्यकर्ता पनि घाइते भएका छन् । 

      घाइतेमध्ये तीनको अवस्था गम्भीर छ । घाइते सबैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । थापाको अवस्था भने सामान्य रहेको उहाँले जानकारी दिनुभयो ।