पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो नेपाल सरकार र जनताकोबीच भरपर्दो सेतु : संचारमन्त्री बस्नेत

radionepal


दाङ । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले प्रसारणको क्षेत्रमा रेडियो नेपालले अभिभावकीय भूमिका निर्वाह गर्दैै सरकार र जनताकाबीचमा सेतुको काम गरिरहेको बताउनुभएको छ । रेडियो नेपालको ५ नम्बर प्रदेशका विभिन्न जिल्लाका संवाददाताहरुका लागि दाङको घोराहीमा आज आयोजना गरिएको तीन दिने क्षमता अभिबृद्धि तालिममा बोल्दै मन्त्री बस्नेतले रेडियो नेपालको क्षमता र गुणस्तर बृद्धिका लागि आफूले चासो राखेको बताउनुभयो । रेडियो नेपाललाई विश्वसनीय, भरपर्दो र सवैको प्रिय बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिनुभयो ।

      त्यस क्रममा बोल्दै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले दुई नम्बर प्रदेशको बर्दिबास र ५ नम्बर प्रदेशको दाङमा प्रादेशिक संरचना निर्माणको प्रक्रिया अघि बढेको बताउँदै चैत्र २० सम्ममा प्रशारणको लक्ष्य राखेर अघि बढेको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष विपुल पोख्रेल, रेडियो नेपाल प्रशासन महाशाखा प्रमुख बुद्धिबहादुर के.सी,  कार्यक्रम महाशाखा प्रमुख डा. नवराज लम्साल, बरिष्ठ सम्पादक जनार्दन विष्ट, पूर्व रेडियोकर्मी कोमल वली लगायतले बोल्नुभएको थियो । मंसीर  १८ गते सम्म सञ्चालन हुने त्यस तालिममा ५,६ र ७ नम्बर प्रेदशका १५ जना सम्वाददाताको सहभागिता रहेको छ । 

समाचार/ फोटो : अमर क्षितिज भण्डारी,रेडियो नेपाल