पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

७० वर्षपछि ५ वर्ष टिक्ने सरकार बन्दैछः प्रचण्ड 

ललितपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको चाहनाअनुसार नै स्थिर सरकार गठन हुने बताउनुभएको छ । 

वाम गठबन्धनले आज ललितपुरको सुनाकोठीमा आयोजना गरेको जनसभामा अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचन विगतका निर्वाचनको पुनरावृति नभई संविधान कार्यान्वयन गराउने ऐतिहासिक प्रक्रिया भएको बताउनुभयो । 

अध्यक्ष प्रचण्डले नेपाली जनताको इच्छा र चाहनाअनुसार नै कम्युनिष्ट पार्टी एकै ठाउँमा आएको बताउनुभयो । 

आजै, कपिलवस्तुमा आयोजित सभामा अध्यक्ष प्रचण्डले वाम गठबन्धन नेतृत्वको सरकारले भारत र चीन दुवै देशसँग असल सम्बन्ध स्थापित गरी अघि बढ्ने बताउनुभयो । 

मुलुकमा स्थिर सरकार बन्न नसक्दा राजनीतिक अस्थिरता र आर्थिक विकास हुन नसकेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री दाहालले यसपटक वाम गठबन्धनको नेतृत्वमा स्थायी सरकार बन्ने दाबी गर्नुभयो ।