पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निर्वाचनपछि वाम गठबन्धनको सरकारः अध्यक्ष ओली

सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चाँडै देशमा वाम गठबन्धनको सरकार बन्ने बताउनुभएको छ । 

सुनसरी क्षेत्र नम्बर ३ को दुहबीमा आज आयोजित जनसभा कार्यक्रममा अध्यक्ष ओलीले चुनावपछि वाम नेतृत्वको सरकार बन्ने र संविधान समेत कार्यान्वयन हुने बताउनुभयो । 

आजै, झापाको दमकमा नेता ओलीले वाम गठबन्धनले जिते देश र जनताको पनि विकास हुने बताउनुभयो ।